पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु: उम्मेदवार थापा

भ्रष्टचार नगर्ने सहयोगी थापालाई हाम्रो मत: स्थानीय

पाेखरा | कात्तिक २९, २०७९

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छु: उम्मेदवार थापा

पोखराः   गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । 


गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए । 


घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने । 


थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्व्य गरि डिजिटल गण्डकी प्रदेशको निमार्णमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । 


भ्रष्टचार नगर्ने सहयोगी थापालाई हाम्रो मत: स्थानीय


पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले भव्य स्वागत र सम्मान गरे । उक्त सम्मान देख्दा आफुलाई विजयी भएको अनुभूति भएको थापाले बताए । मन र मत जितेका थापालाई यसपालि पनि जिताउन वडा ८ का वासिन्दाहरु आतुर भएका छन् । 


स्थानीय गोविन्द खाँडले विन्दुकुमार थापा विकास प्रेमी नेता भएको बताए । उनले आफुले पार्टी नहेरि व्यक्ति हेरेर थापालाई मत दिन लागेको प्रतिक्रिया दिए । ‘पार्टी होइन व्यक्तिलाई मत दिने हो । उहाँ (विन्दुकुमार थापा) विश्वासिलो व्यक्ति हुनुहुन्छ । पार्टी भनेर नाङ्गो खुट्टा आएकालाई दिएर काम छैन’ उनले भने, ‘तिनिहरुले देशलाई कंगाल बनाए । समृद्ध भएकालाई दिँदा देश बन्ने रहेछ । त्यसैले विन्दु थापालाई हाम्रो मत जान्छ ।’ 


थापामा लोभलालच केही नरहेको र सहयोगको भावना रहेको व्यक्ति भएकाले सबैको मन जितेको खाँडको भनाइ छ । उनले आफ्नो अधिकार प्रयोग गरि थापालाई मत दिन समेत आग्रह गरेका छन् ।
‘यो हाम्रो अधिकार हो देश बनाउने त्यसैले देश समृद्धि, नागरिक आत्मनिर्भर हुनुपर्छ । हामी विदेश जाने हो भने हाम्रो पासपोर्ट देखेर हेप्छन्’ उनले भने, ‘आफ्नै देशमा स्वरोजगार भयो भने त्यसरी हेरिदैन् । त्यसैले अब देशका लागि गर्ने व्यक्तिलाई अघि बढाउनुपर्छ ।’


यस्तै, स्थानीय चमेली कुँवरले पनि थापा सहयोगी भावना भएका सरल व्यक्ति रहेको सुनाइन् । उनले समाजसेवामा लाग्ने थापा यसअघि पनि कुनै सेवा सुविधा नलिइ नागरिकको सेवामा लागेकाले आफ्नो मत थापालाई नै दिने बताइन् ।  ‘हामी विन्दु थापालाई मत हाल्न निकै खुशी छौँ । उहाँ निकै सहयोगी हुनुहुन्छ’, उनले भनिन् ।
 

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्